खोलाले बगाउँदा उदयपुरमा तीन वर्षीया बालिकाको मृत्यु

लोकपथ
70
Shares

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका-५ दमौटीमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी तीन वर्षीया छोरी रेबिका राई रहेकी छिन् ।

शनिबार दिउँसो करिब २ बजे बालिका अम्बिका खोलाको किनारमा खेल्ने क्रममा बगाएकी थिइन् । खोजीपछि बालिकाको शव फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?