काठमाडौैं । शनिवारदेखि बन्द रहेको त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको उडान खुला भएको छ । आइतबार बिहानबाट मौसमी प्रणाली कमजोर बनेपछि विमानस्थल खुला भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार विमानस्थल सुचारु भइसकेको छ । विमानस्थल खुला भएको कारण अब आन्तरिकतर्फका उडानहरू पनि सुचारु हुनेछन् ।
यति बेला कोसी प्रदेशको झापा, इलाम लगायतका जिल्लामा भने भारी वर्षा भइरहेको कारण ती क्षेत्रहरूमा भने तत्कालै उडान नहुन सक्नेछ ।
आन्तरिकतर्फको हवाई यातायातसमेत बन्द भएको कारण शनिवार आवागमन ठप्प जस्तै भएको थियो । सरकारले बाढी र पहिरोको जोखिम रहेको भन्दै अधिकांश राजमार्ग समेत बन्द गराएको थियो ।
अन्तर्राष्ट्रियतर्फको उडान भने शनिवार पनि नियमित नै रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया