काठमाडौं । शुक्रबार साँझदेखि निरन्तर भइरहेको वर्षाका बाबजुद देशभर मान्यजनबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा ग्रहण गर्ने क्रम जारी छ। विजयादशमीका दिनदेखि सुरु हुने टीका–जमरा लगाउने परम्परा यस वर्ष पनि निरन्तर भइरहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो वर्ष कोजाग्रत पूर्णिमा असोज २० गते सोमबारका दिन परेको छ, जसै दिन अखिल बलि पूर्तिसँगै दसैँ पर्व समापन हुने छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मका १५ दिन बडा दसैँ पर्व भव्य रूपमा मनाउने गर्छन् ।
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसैँ घरमा स्थापना गरिएको घटास्थापनाको अभिषेकसहित विजयादशमीका दिन देवी विसर्जन गरेपछि टीका र जमरा लगाउने चलन सुरु हुन्छ । टाढा रहेका आफन्तलाई भेट्न र आशीर्वाद लिन कोजाग्रत पूर्णिमासम्म जाने परम्परा पनि जारी रहन्छ।
असत्यमाथि सत्यको विजयका प्रतीकका रूपमा मनाइने विजया दशमीको धार्मिक र सांस्कृतिक महत्त्व रहँदै आएको छ। तर यस वर्ष असोज १७ गतेदेखि परेको अविरल वर्षाले टाढा टाढाबाट मान्यजनकहाँ जानेहरूको यात्रा प्रभावित पारेको छ। भारी वर्षाका कारण सरकारले आइतबार र सोमबार दुई दिनका लागि सार्वजनिक बिदा दिएको छ भने राजधानी भित्रिने र बाहिरिने सवारीसाधनमा अस्थायी रोक लगाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया