बल्खुस्थित बागमती किनारका सुकुम्बासीलाई विद्यालयमा सारियो

लोकपथ
826
Shares
फाइल तस्बिर

काठमाडौं । अविरल वर्षासँगै बागमती नदीमा पानीको बहाव बढेपछि काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित नदी किनारमा बसोबास गरिरहेका करिब सय सुकुम्बासी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

बल्खु–कुलेश्वर क्षेत्रको नदी छेउमा रहेको बस्तीमा बाढीको पानी पसेपछि सशस्त्र प्रहरी बलले ती परिवारलाई जनविकास माध्यमिक विद्यालय, बल्खुमा स्थानान्तरण गरेको हो।

सशस्त्र प्रहरी बलका सह-प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले बल्खुस्थित तरकारी बजारमा पनि पानी पसेपछि बजार खाली गराइएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?