काठमाडौं । बल्खुको तरकारी बजारमा पानी पसेको छ । बागमती नदी तथा अन्य सहायक खोलामा पानीको बहाव बढेपछि तरकारी बजारमै पानी पसेको हो ।
तरकारी बजारभित्र पानी पसेपछि यति बेला तरकारी बजार खाली गराइएको छ ।
सशस्त्र प्रहरीले यति बेला तरकारी बजार खाली गराउँदै त्यहाँ रहेका सामानहरूलाई समेत अन्यत्र सार्न सहयोग गरेको जनाएको छ ।
यसअघि बल्खु नजिकैको कुलेश्वरको सुकुम्वासी बस्तीमा समेत पानी पसेपछि त्यहाँका १ सय घरधुरीलाई अन्यत्र सारिएको छ ।
काठमाडौं महानगरपालिकाले जोखिम क्षेत्रका बस्तमिा रहेका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्नका लागि विभिन्न स्थानमा विद्यालय तथा आश्रय स्थलको व्यवस्था गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया