कुलेश्वरको सुकुम्वासी बस्तीमा पानी पस्यो, १ सय घरधुरीको सशस्त्रबाट उद्धार

लोकपथ
805
Shares

काठमाडौं । बागमती र विष्णुमती खोलामा पानीको बहाव बढेसँगै कुलेश्वरको सुकुम्वासी बस्तीमा पानी पसेको छ । बस्तीमा पानी पसेपछि १ सय घरधुरीलाई उद्धार गरिएको छ ।

विष्णुमती र बल्खु नजिकैको बागमती खोलामा पानीको सतह बढी कुलेश्वरको सुकुम्वासी बस्तीमा पानी पसेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार १८ गते दिउँसो काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा पर्ने बल्खु बागमती खोलामा पानीको बहाव बढेपछि बल्खु तथा कुलेश्वर नदी छेउछाउका सुकुम्वासी बस्तीभित्र पसेको छ ।

बस्तीमा पानी पसेपछि अन्दाजी एक सय घर परिवारलाई बस्तीबाट उद्धार गरी नजिकैको जनविकास मावि बल्खुमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?