काठमाडौं । ताप्लेजुङबाट सुनसरीको इटहरी जाँदै गरेको बोलेरो जिप पाँचथरको कुमायक गाउँपालिका ३ कात्तिकेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा थप ६ जना घाइते भएका छन् ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलका अनुसार मे१ज ३०५५ नम्बरको यात्रुवाहक बोलेरोमा रहेका कुल १२ जनामध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा एक ८ वर्षीय बालकसहित थप ६ जना घाइते भएका छन् ।
घाइते भएका यात्रुमध्ये ५ जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र एक जनालाई फिदिम अस्पतालमा उपचारका लागि पठाइएको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रजिअ पोखरेलले लोकपथलाई बताए ।
दुर्घटनापछि स्थानीय बासिन्दा लगायतले समेत उद्धारमा सहयोग गरेका थिए ।
बोलेरो सडकबाट झन्डै पाँच सय मिटर तल तमोर कोरिडोरमा खसेको जनाइएको छ ।
दुर्घटना लगत्तै प्रमुख जिल्ला अधिकारी पोखरेलसहित नेपाल प्रहरीका डिएसपी लगायतको टोली घटनास्थल पुगेर उद्धारमा जुटेको थियो ।
दुर्घटना स्थल सदरमुकाम फिदिमबाट डेढ घण्टाको दुरीमा रहेको थियो ।
मृत्यु हुनेहरूमा ३ महिला र ३ पुरुष रहेका छन् ।
मृत्यु भएकाहरूको शव संकलन गरी यति बेला जिल्ला सदरमुकाम फिदिम लगिँदै गरिएको प्रजिअ पोखरेलले लोकपथलाई बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया