काठमाडौं । काठमाडौं महानगरपालिका-१४, कोहिनुर हाउजिङ नजिक खोलाले सडक कटान गरेको छ। हिजो रातिदेखि परेको अविरल वर्षाका कारण खोलाले सडक कटान गरेको हो ।

सडक कटानका कारण उक्त क्षेत्रको बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

यस्तै, देशका केही मुख्य राजमार्गमा पनि वर्षाको प्रभावका कारण गाडी सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको छ । प्रहरी र सम्बन्धित निकायहरूले सडक बन्द गरिसकेका छन् । सार्वजनिक सुरक्षा र सुरक्षाका लागि सचेत रहन र आवश्यक सावधानी अपनाउन सबैमा आग्रह गरिएको छ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया