काठमाडौं । धरानबाट पाँचथरको फिदिम जाँदै गरेको बोलेरो गाडी तमोर कोरिडोरको कात्तिके भन्ने स्थानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
बोलेरोमा कुल ११ जना यात्रु रहेकामा ५ जनाको घटनास्थलमै मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले लोकपथलाई बताए ।
बोलेरो सडकबाट झन्डै पाँच सय मिटर तल खसेको जनाइएको छ ।
यति बेला स्थानीय, प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगी उद्धारको काम गरिरहेका छन् ।
घाइते भएकामध्ये ५ जनालाई धरान र १ जनालाई फिदिममा उपचारका लागि पठाइएको छ ।
प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेल, नेपाल प्रहरीका डिएसपी लगायतको टोली यति बेला घटनास्थलमै उद्धारका लागि खटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया