धरानबाट फिदिम जाँदै गरेको बोलेरो खस्यो

लोकपथ
0
Shares

काठमाडौं । धरानबाट पाँचथरको फिदिम जाँदै गरेको बोलेरो गाडी तमोर करिडोरको कात्तिके भन्ने ठाउँमा खसेर दुर्घटना भएको छ । गाडी सडकबाट झन्डै पाँच सय मिटर तल खसेको जनाइएको छ ।

बोलेरोमा कति यात्रु थिए भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

समाचारअनुसार दुर्घटनास्थलबाट चार जनालाई उद्धार गरिएको छ । स्थानीयले घाइतेहरूलाई उद्धार गरी धरानतर्फ पठाएका छन् ।

प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार अहिलेसम्म मानवीय क्षतिको जानकारी आएको छैन । 

उनका अनुसार सदरमुकाम फिदिमबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई पनि घटनास्थल पठाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?