नागढुंगा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए

लोकपथ
84
Shares

काठमाडौं । खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुंगा चेकपोष्टबाट बाहिरिन लागेका २ सय ५० सवारी साधनलाई काठमाडौंतर्फ नै फर्काएको छ ।

धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २ सय ५० भन्दा बढी सवारी साधनलाई काठमाडौं फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले बताए ।

आज बिहानदेखि नै नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले ‘माइकिङ’ गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?