बिहार आइपुग्यो भीषण वर्षा, शनिवारबाट नेपाल प्रवेश गर्ने

यी हुन् क्षति पुराउन सक्ने क्षेत्रहरू

लोकपथ
7.6k
Shares

काठमाडौं । भारतको ओडिसा क्षेत्रबाट आएको न्यून चापीय हावाका कारण यति बेला बिहार राज्यमा भारी वर्षा गराइरहेको छ । भारतीय मौसम विभागको तथ्यांक अनुसार बिहारका सबैजसो क्षेत्रमा यति बेला भारी वर्षा भइरहेको छ ।

भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले बिहार राज्यको गया, कैमूर र पश्चिम चम्पारण जिल्लामा अत्यधिक भारी वर्षाको चेतावनी दिँदै हाई अलर्ट जारी गरेको छ ।

त्यसै गरी पूर्वी चम्पारण, गोपालगञ्ज, सिवान, रोहतास, औरंगावाद र नवादा जस्ता जिल्लाहरूमा पनि अति–भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन भनेको छ । यसका साथै त्यहाँ ३०-४० किलोमिटर प्रतिघण्टाको गतिमा तेज हावा चल्ने र आँधीबेहरीको आउने चेतावनी दिइएको छ ।

बिहारमा परिरहेको भारी वर्षाका कारण त्यहाँका गंगा, कोसी, सोन, बागमती, गण्डक, कमला र अधवारा लगायतका प्रमुख नदीहरूको जल स्तरमा वृद्धि भइरहेको छ । त्यहाँको गंगा नदी भागलपुर र पटना क्षेत्रमा खतराको निशानाभन्दा पनि माथि पुगेर बगिरहेको छ । नेपालका भइरहेका वर्षाले ती ती नदीहरूमा पानीको सतह खतराको संकेतभन्दा माथि पुगेको बताइएको छ ।

त्यहाँको राज्य सरकारले स्थानीय निकायहरूलाई व्यवस्थापन र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।

शनिवारबाट नेपाल प्रवेश गर्नेछ बिहारको मौसमी प्रणाली

अहिले बिहारमा सक्रिय बनेको मौसम शनिबाटबाट नेपाल प्रवेश गर्ने बताइएको छ । नेपालको मौसम पूर्वानुमान महाशाखाले अहिले बिहारमा भइरहेको भारी वर्षा गराउने मौसमी प्रणाली शनिवार वीरगन्ज हुँदै नेपाल प्रवेश गर्नेछ ।
शनिवारबाट नेपाल प्रवेश गर्ने यो मौसमी प्रणालीले मधेस, बागमती र गण्डकी प्रदेशलाई बढी प्रभावित बनाउनेछ । वीरगन्ज र जनकपुर क्षेत्रदेखि सुरु भई, यसको प्रभाव चितवन, काठमाडौं, मकवानपुर, धादिङ हुँदै गोरखा र तनहुँसम्म पुग्ने अनुमान गरिएको छ । यी क्षेत्रहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

बाढी र पहिरोको जोखिम बढ्ने

यस पटकको भारी वर्षाले गत वर्ष असोज १२ र १३ गते भएको भारी वर्षा र बाढीजस्तै दुर्घटना ल्याउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन विपद् व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । बाढी र पहिरोले गर्दा तल्लो भू-भागहरू तथा सडक मार्गहरू अवरुद्ध हुने र ज्यान धनको क्षतिसमेत हुनसक्ने चेतावनी दिइएको छ ।

काठमाडौंको उपत्यकामा पनि अति भारी वर्षाको सम्भावना रहेको भन्दै हनुमन्ते, बागमती, धोबीखोला, नख्खु र विष्णुमती किनाराका बासिन्दालाई उच्च सतर्कतामा रहन भनिएको छ । खोला तथा नदी किनारका बस्तीमा डुबान हुनसक्ने र त्यसले गत वर्षजस्तै जनधनको क्षति गराउन सक्ने चेतावनी समेत दिइएको छ ।

सोमबारबाट मौसममा सुधार आउन थाल्ने

मौसमविद्हरूका अनुसार आगामी सोमबारबाट भने मौसममा क्रमशः सुधार हुँदै जाने छ । त्यसपछि तत्कालै भारी वर्षाको सम्भावना नरहेको भए पनि छिट फुट वर्षाको सम्भावना भने कायमै रहने बताइएको छ ।

बिहारबाट नेपालतर्फ बढ्दै भारी वर्षा
⚠️ हाई अलर्ट : बिहारबाट नेपालतर्फ बढ्दै भारी वर्षा

बिहारबाट नेपालतर्फ बढ्दै भारी वर्षा र प्रभावित क्षेत्रहरू

अक्टोबर ४-६, २०२५ को मौसमी स्थिति

अक्टोबर ४, शनिबार
उच्च जोखिम
बिहार → मधेश → बागमती
अक्टोबर ५, आइतबार
मध्यम जोखिम
गण्डकी → लुम्बिनी सम्म फैलिने
अक्टोबर ६, सोमबार
कम जोखिम
मौसममा सुधार

🚨 सतर्कता उपायहरू:

  • नदी र खोलाको नजिक नजानुहोस्
  • पहिरो प्रवण क्षेत्रबाट टाढा रहनुहोस्
  • अनावश्यक यात्रा नगर्नुहोस्
  • स्थानीय प्रशासनको अपडेट लिँदै रहनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?