काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही भूभागमा भारी वर्षा हुने अनुमान गरेको छ । शुक्रबार बिहान ८ बजे जारी गरेको पूर्वानुमानमा लुम्बिनी प्रदेशका तराइ क्षेत्र र कर्णाली तथा बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको हो ।
महाशाखाले जारी गरेको पूर्वानुमानमा असोज १७ गते दिउँसोको समयमा देशैभर साधरणतया बदली रहने जनाएको छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराइका केही भू-भाग, र मधेस प्रदेशका समग्र भूभागमा मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ । त्यसै गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भूभागहरूमा पनि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
आज दिउँसो नै लुम्बिनी प्रदेशका तराइ क्षेत्र र कर्णाली तथा बागमती प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
असोज १७ गते रातको समयमा पनि देशैभर मौसममा बदली रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भाग, मधेस प्रदेश, कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
रातको समयमा कोसी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया