काठमाडौं । बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट अगाडि आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।
विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको यात्रीवाहक बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रंगेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार, घाइते सबैको स्थानीय बि एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रवक्ता खड्काले बताए ।
दुर्घटनापछि फरार भएका बस चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया