काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–३ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवलाई आज बिहान करिब ११ बजे खेतमा बाख्रा लिन गएका बेला चट्याङ लागेको थियो ।
गम्भीर घाइते भएकी ऋषिदेवलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदै गर्दा बाटोमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया