यात्रुबाहक बसको ब्रेक फेल भई ब्याक हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, ४ घाइते

लोकपथ
2.2k
Shares

हेटौंडा । मकवानपुर र बाराको सीमा क्षेत्र चुरियामाईको उकालोमा यात्रुबाहक बसको ब्रेक फेल भई ब्याक हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । 

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिरनजिकै पथलैया–हेटौंडा सडकखण्डको उकालोमा आज बिहान ना ७ ख ८५३७ नम्बरको यात्रुबाहक बसको ब्रेक अचानक फेल हुँदा बसले मोटरसाइकलमा सवार दुई जना परिवारका ६ जनालाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते ६ जनामध्ये दुई जनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलीपकुमार थापाका अनुसार, जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको सो  बसको ठक्करबाट मृत्यु हुनेमा ना१२प ३३६० नम्बरका मोटरसाइकल चालक बाराको फेटा गाउँपालिका–१ भरवलिया बस्ने २५ वर्षीय मकेश्वर पटेल र मधेस प्रदेश ०३–०२४ प ४४९५ नम्बरको मोटरसाइकल चालक कञ्चनकुमार पटेलको श्रीमती २६ वर्षीय कविता देवी छन् । 

पटेलकी २२ वर्षीया श्रीमती कलिता देवी  र २० महिनाकी छोरी तानेया पटेल घाइते भएका छन् । 

त्यस्तै, अर्को मोटरसाइकलमा सवार पर्सा, वीरगञ्ज–३१ का मृतक कविता देवीका श्रीमान् मोटरसाइकल चालक २७ वर्षीय कञ्चनकुमार पटेल र ३ वर्षीय छोरा आयुष पटेल पनि घाइते भएका छन् । 

बस दुर्घटनापछि फरार रहेका बस चालक सर्लाही लालबन्दीका ४७ वर्षीय विश्वनाथ चौधरीलाई नियन्त्रणमा लिइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?