दसैँघर र कोत घरमा दिइयो बली

लोकपथ
259
Shares

काठमाडौं । वसन्तपुरस्थित दसैँघरमा महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बली दिइएको छ ।महानवमीका दिन देवी दुर्गालाई बली दिइएको हो ।

दुर्गा पूजा लगायत विधिवत कार्य गरी बली नेपाली सेनाले बली दिएको हो । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलीसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवीसास्त्रोक्त पाठ गरिन्छ ।

पशु बली नदिने र शाकाहारीहरूले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवल समेतको बली दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बली दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?