काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा गएराति भएको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सु-प-प्र-०१०११ प ४४७३ नम्बरको स्कुटर अनियन्त्रित भई राजपुरस्थित आरपी फ्लोर मिल नजिकको ‘डिभाइडर’ मा ठोक्किँदा चालक, बैतडीको पुर्चौडी नगरपालिका–८ निवासी २४ वर्षीय प्रान्जल बमको मृत्यु भएको हो ।
उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा स्कुटरमा सवार २६ वर्षीय सरोज बम घाइते भएका छन् । उनको माया मेट्रो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया