जेनजी आन्दोलन : २,३१६ जना घाइते, ७६ को मृत्यु, ३८ अझै उपचाररत

लोकपथ
280
Shares

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशभर २ हजार ३ सय १६ जना घाइते भएर विभिन्न स्वास्थ्य संस्थाबाट उपचार लिएको सरकारको तथ्यांकले जनाएको छ ।

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा विभिन्न स्थानमा झडप, तोडफोड र आगजनी भएका थिए । यस क्रममा ७६ जनाले ज्यान गुमाएका छन् ।

आन्दोलन सुरु हुँदा देशभरका ८३ अस्पतालले घाइतेको उपचार गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार घाइतेमध्ये केहीको शल्यक्रिया गर्नुपरेको, केही सामान्य उपचारपछि घर फर्किएका र केही अझै अस्पतालमै भर्ना भएको बताए ।

डा. प्रकाश बुढाथोकीका

उनका अनुसार हाल १० वटा अस्पतालमा ३८ जना घाइतेको उपचार भइरहेको छ । आन्दोलनका क्रममा अस्पतालमा पुग्दै वा उपचारकै क्रममा ४९ जनाको मृत्यु भएको उनले जानकारी दिए ।

हालसम्म २ हजार २ सय २९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने आन्दोलनमा ९ सय ४७ जना घाइतेलाई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?