पूर्वसभामुख र पूर्वअध्यक्षले फिर्ता गरे सवारीसाधन

लोकपथ
553
Shares

काठमाडौं । कानुनमा व्यवस्था नभएको सवारीसाधन सुविधा प्रयोग गरिरहेका पूर्वसभामुख र राष्ट्रिय सभा पूर्वअध्यक्षहरूले सवारीसाधन फिर्ता गरेका छन् ।

पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सवारीसाधन फिर्ता गरेको हुन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत मंगलबार यसबारे जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘कानुनमा सवारीसाधनको सुविधा दिने प्रबन्ध नभएको तर लिइरहनुभएका पूर्वसभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरूमध्ये कृष्णबहादुर महराज्यू, ओनसरी घर्तिज्यू र गणेशप्रसाद तिमिल्सिनाज्यूले सवारीसाधन फिर्ता गर्नुभएको आधिकारिक जानकारी प्राप्त भएको छ।’ 

सरकारले कानुन विपरीत लिइएका सवारीसाधन सुविधा फिर्ता गर्न निर्देशन जारी गरेपछि उनीहरूले फिर्ता गरेका हुन् । वर्तमान कानुनमा यस्ता पदाधिकारीलाई सवारी सुविधा दिने व्यवस्था नरहेकाले पनि उनीहरूले सुविधा लिइरहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?