दसैँ मनाउन काठमाडौंबाट गाउँ फर्किने क्रम जारी

लोकपथ
196
Shares

 काठमाडौं । नेपालीहरुको महान् पर्व विजया दशमीमा दसैँको टीका लगाउन गाउँ फर्किने क्रम जारी छ ।

आज महाष्टमी पर्वका अवसरमा घर फर्किनेहरू सडकमा सवारीसाधन कुरेर बसेको देख्न सकिन्छ । आम नागरिकहरू गाउँ फर्किनका लागि सडकमा उभिएर बसेका छन् । 

यस वर्ष विजया दशमीको शुभ साइतको टीका असोज १६ गते परेको छ । जसकारण पनि काठमाडौं उपत्यकालाई कार्य थलो र अध्ययनस्थल बनाइ बसेकाहरु गाउँ फर्किने चाप छ । 

काठमाडौंको कोटेश्वर, जडिबुडी लगायत सडकहरुमा मानिसहरु गाडी कुरेर बसेका छन् । बुधबार (भोलि) सम्मै काठमाडौंबाट आफन्तजन र आफू भन्दा ठूलाबडाको हातबाट दसैँको टीका लगाउन र आशीर्वाद थाप्न जानेको सङ्ख्या उल्लेख्य हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?