दसैँ मनाउन उपत्यकाबाट एकैदिन एक लाख ११ हजार यात्रु बाहिरिए

लोकपथ
168
Shares

काठमाडौं । दसैँको अवसरमा उपत्यकाबाट बाहिरिनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मात्र बितेका २४ घण्टामा एक लाख ११ हजार सर्वसाधारण उपत्यका छाडेका छन् ।

घटस्थापनादेखि आइतबार अपराह्नसम्ममा चार लाख ६७ हजार नागरिक काठमाडौं छाडिसकेका छन् ।

यसैबिच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारका अनुसार घटस्थापना यता आठ लाखभन्दा बढी सर्वसाधारण उपत्यका बाहिरिएका छन् ।

उनले लामो दूरीका अधिकांश सडकमा ट्राफिक जामका कारण यात्रु गन्तव्यसम्म सहज पुग्न समस्या भइरहेको बताए ।

स्वारका अनुसार सहज यातायात सञ्चालनका लागि ट्राफिक प्रहरीलाई अनुरोध गरिएको छ । ट्राफिक प्रहरीले पनि यात्रु सहज रूपमा गन्तव्य पुग्न सकून् भनेर आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरी निर्वाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?