काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दसैँमा टीका–जमरा नलगाउने भएकी छिन् । जेनजी आन्दोलनको क्रममा थुप्रै युवाले ज्यान गुमाएको भन्दै प्रधानमन्त्री कार्कीले यसपालि दसैँमा टीका–जमरा नलगाउने भएकी हुन् ।
पूर्वप्रधानन्यायाधीश कार्की जेनजी आन्दोलनकै बलमा प्रधानमन्त्री नियुक्त भएकी हुन् ।
सोमबार प्रधानमन्त्रीको सचिवालयले एक विज्ञप्ति जारी गरी टीका–जमरा नलगाउने र देशवासीलाई समेत नलगाउने जानकारी दिएको छ ।
‘बडादसैँ प्रत्येक वर्ष हर्षोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु ताजै छ,’ सचिवालयले लेखेको छ, ‘तसर्थ, यस वर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडा दसैको टीका जमरा नलगाउनु हुने र देशवासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सबैको जानकारीको लागि सादर अनुरोध छ ।’
यस्तै तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शुभकामना सन्देशमा उनले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको पनि बताएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया