काठमाडौं । सरकारी कामबाहेक अन्य अवस्थामा सवारी र सुरक्षा नलिने घोषणा गरेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन आज बिहान बिना सुरक्षा पोखरा पुगेका छन् ।
आज बिहान मन्त्रालयबाट निस्केका उनी जहाजबाट पोखरा हुँदै पोखराको नदीपुरस्थित घर गएका हुन् ।
पोखरा एयरपोर्टमा अवतरण भएपछि उनी ट्याक्सी चढेर घर गएको जनाइएको छ । उनी पोखरा जाने पनि कसैलाई थाहा थिएन ।
मन्त्री भएपछि उनी केसरमहलस्थित मन्त्रालयमै बस्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया