जनकपुरधामको राजदेवी मन्दिरसहित शक्तिपीठहरुमा  फूलपाती भित्र्याइयो 

लोकपथ
56
Shares

काठमाडौं । जनकपुरधामको राजदेवी मन्दिरसहित शक्तिपीठहरुमा फूलपाती भित्र्याइएको छ ।

षष्ठी तिथिका दिन आमन्त्रित गरिएको बेलको फूल सप्तमी तिथिका दिन अर्थात् आज टिपेर जनकपुरधामको राजदेवी मन्दिरमा फूलपाती भित्र्याइएको हो । 

नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सलामीसहित निकालेको भगवतीको डोला जनकपुरधामस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा रहेको बेलको रुखबाट बेलको फल टिपी फूलपाती भित्र्याइएको हो । 

जसलाई मिथिलाञ्चलमा बेल तोडी विधि भनिन्छ । जनकपुरधामको राजदेवी मन्दिरबाट बाजागाजासहित राजदेवी मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा निस्केको भक्तजनहरुको समूहले बेलको रुखमुनि गएर हिन्दु परम्पराअनुसार पूजा अर्चना गरेर आमन्त्रित बेलको फल टिपेका थिए । 

निम्ता दिएको बेलको फललाई सप्तमी तिथिका दिन बिहान तोडेर ल्याई बली दिने परम्परा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?