काठमाडौं । काठमाडौं महानगरपालिका २२ भीमसेनस्थानमा लागेको आगो नियन्त्रणमा आएको छ । सोमबार बिहान साढे ४ बजेको समयमा लागेको आगो साढे ९ बजेपछि नियन्त्रणमा आएको हो ।
आगलागीबाट चार वटा घरहरु र एउटा मन्दिरमा क्षति पुगेको बताइएको छ । मानवीय क्षतिको आशंका गरिएको छ । एउटा घर भने पूर्ण रुपमा जलेर नष्ट भएको छ । पूर्ण रुपमा क्षति भएको घरमा मानिसहरु फसेको हुनसक्ने आशंका खोजतलासी भइरहेको छ ।
भीमसेनस्थानस्थित मोहन शाहको घरको कपडाको गोदामबाट आगलागी भएको हो । काठमाडौंका चार, ललितपुर महानगरको एक, नेपाली सेना, बूढानीलकण्ठ नगरपालिका गरी आठ वटा दमकल आगलागी नियन्त्रणमा परिचालन गरिएको थियो । आगलागीको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया