रास्वपाले आफ्ना सबै पूर्वसांसदहरुलाई भन्यो : ‘रातो पासपोर्ट र परिचयपत्र यथाशीघ्र बुझाउनू’

लोकपथ
343
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना विघटित प्रतिनिधिसभा सदस्यहरूलाई यथाशीघ्र रातो पासपोर्ट र परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ । 

सोमबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले सो निर्देशन दिएको हो । विघटित प्रतिनिधिसभामा रास्वपाका २० थिए । 

यसका साथै रास्वपाले सबै तहका नेतालाई चाडपर्वका बेला शुभकामना पत्रबाहेक कुनै किसिमका उपहार नलिन पनि भनेको छ । 

जेनजी आन्दोलनका क्रममा ७५ जनाले शहादत प्राप्त गरिसकेको र मुलुक शोकमा रहेको कुरा रास्वपाले स्मरण गराएको छ ।

‘तसर्थ यसपटक पार्टीको ब्यानर र झन्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन सबै तहका पार्टीपंक्तिमा अनुरोध गरिन्छ,’ प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?