जेनजी आन्दोलनमा घाइते भएका राईको निधन

लोकपथ
1.4k
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको निधन भएको छ । निधन हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका लक्ष्मण राई रहेका छन् । 

राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत राईको गएराति निधन भएको हो । उनको टाउको पछाडिको भागमा गोली लागेको थियो ।

राईको निधनसँगै जेनजी आन्दोलनका क्रममा निधन हुनेको संख्या ७५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?