काठमाडौं । काठमाडौं महानगरपालिका–२०, भीमसेनस्थानस्थित वडा कार्यालय नजिकैको घरमा सोमबार बिहान आगलागी भएको छ।
बिहान करिब ४ बजे सुरु भएको आगो नेपाली सेना, काठमाडौं र ललितपुर महानगरपालिकाका ६ वटा दमकल, नेपाल प्रहरी र स्थानीयवासीको प्रयासपछि नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
हाल आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया