काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दुई सल्लाहकार नियुक्त गरेकी छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अजयभद्र खनाललाई प्रमुख सल्लाहकार र गोविन्दनारायण तिमल्सिनालाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदिश खरेलले बैठकपछि जानकारी दिँदै दुवै सल्लाहकार नियुक्तिसम्बन्धी प्रस्ताव स्वीकृत भएको बताए ।
यससँगै प्रधानमन्त्री कार्कीको सल्लाहकार टिममा खनाल र तिमल्सिनाको औपचारिक प्रवेश भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया