काठमाडौं । नेपालको पर्यटकीय राजधानी पोखरास्थित पुम्दीकोट शिव मन्दिरमा पर्यटक आगमनमा कमी आएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण अन्य पर्यटकीय गन्तव्यसँगै सो मन्दिरमा पनि पर्यटक आउने संख्या न्यून भएको हो ।
पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालका अनुसार भारतसहित अन्य मुलुकहरूले आफ्ना नागरिकलाई सुरक्षाका कारण नेपाल भ्रमण नगर्न निर्देशन दिएपछि धार्मिक पर्यटकसमेत कम आएका छन् ।
बरालले भने, ‘नेपालमा यत्रो दुर्घटना हुँदा धार्मिक स्थल मात्र होइन, सम्पूर्ण पर्यटकीय क्षेत्रमा ठुलो असर परेको छ । तत्कालका लागि धार्मिक पर्यटक नआउनु भनेर भारतले सूचना जारी गरेको छ । अन्य राष्ट्रहरूले पनि जनधनको ठुलो क्षति भएको नेपालबारे चिन्ता प्रकट गरेका छन् । यसको असर कति लामो समय रहने हो भन्ने यकिन छैन, तर तत्काल निकै प्रभाव परिसकेको छ ।’
उनका अनुसार पुम्दीकोटमा अन्य ठाउँको तुलनामा अझै पर्यटक आउने क्रम केही रहे पनि अघिल्लो जस्तो भीडभाड भने छैन ।
अध्यक्ष बरालले पर्यटन प्रवर्द्धनका लागि आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाको छिटो पुनर्निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया