काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले दसैँ, तिहार, छठलगायत चाडपर्वका सार्वजनिक बिदामा पनि आफ्ना कार्यालयहरू खुला रहने जनाएको छ ।
आयोगका अनुसार सार्वजनिक बिदाको दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उजुरी दर्ता गर्ने तथा आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । यस अन्तर्गत आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन ललितपुरसहित सबै प्रदेश तथा शाखा कार्यालयहरू संचालनमा रहनेछन् ।
चाडपर्वका समयमा सार्वजनिक आवतजावतमा कठिनाइ, अपराधका घटना, महँगी र कालोबजारी बढ्ने सम्भावना हुने भएकाले शान्ति–सुरक्षा र सेवा प्रवाहलाई चुस्त बनाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने आयोगले जनाएको छ ।
मानव अधिकार उल्लङ्घनका घटना भएमा नजिकको आयोग कार्यालयमा तत्काल जानकारी दिन सर्वसाधारणलाई आग्रह गरिएको छ ।
आयोगका सहसचिव तथा प्रवक्ता डा.टीकाराम पोखरेलले विज्ञप्तिमार्फत शान्ति सुरक्षालाई मजबुत बनाउन र सेवा प्रवाह सहज बनाउन सबै सरोकारवालालाई सहयोग गर्न आह्वान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया