काठमाडौं । साताको कारोबारको पहिलो दिन सुन तोलामा २ लाख २३ हजार २०० पुगेको छ । जुन मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार छापावाल सुन आइतबार प्रति १० ग्राम भने १ लाख ९१ हजार ३६० रुपैयाँ पुगेको छ ।
यसअघि साताको कारोबारको अन्तिम दिन शुक्रबार भने सुन तोलामा २ लाख २२ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आइतबार सुनको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार ७४० रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार बढेर २ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया