कांग्रेस फेरि उठ्छ, लोकतन्त्र कमजोर पार्ने शक्ति सफल हुँदैन : डा. प्रकाशशरण महत

लोकपथ
168
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरू कहिल्यै सफल नहुने बताएका छन् ।

आइतबार बिहान निजी निवास महाराजगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीहरू जागरूक र एकीकृत भएर अघि बढे लोकतन्त्रलाई जोगाउन सकिने विश्वास व्यक्त गरे । ‘हामी फेरि माथि उठ्छौँ । लोकतन्त्रलाई कमजोर बनाउन खोज्ने शक्ति सफल हुँदैन । हामी जागरूक भएर, एकीकृत भएर अघि सर्छौँ,‘प्रवक्ता महतले भने ।

उनले हालै भएको पार्टी कार्यालय तथा नेताहरूको निवासमा तोडफोड र आगजनी जस्ता घटनाले कांग्रेसको आत्मविश्वास कमजोर नबनाएको स्पष्ट पारे । ‘हामीमा कमजोरी र त्रुटिहरू छन्, तीलाई समीक्षा गरेर अघि बढ्छौँ,‘उनले थपे ।

प्रवक्ता महतले राजनीतिक दलहरूलाई थाङथिलो पार्ने षड्यन्त्र अनुसार गतिविधि भइरहेको आरोप लगाए । उनले ठुलो बलिदान र त्यागबाट बनेका दलहरूलाई कमजोर बनाउन खोज्नु लोकतन्त्रकै लागि चुनौती भएको बताए ।

आगामी दिनमा नेपाली कांग्रेसले गम्भीर समीक्षा गर्दै कार्यदिशा तय गर्ने र नेपाललाई विकास, निर्माण तथा रोजगारीको मार्गमा लैजाने विषयलाई प्राथमिकतामा राख्ने महतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?