काठमाडौं । सल्यानमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आइतबार बिहान सल्यानको कपुरकोट गाउँपालिका–३, चोरखोलामा लु २ ख ६५०२ नम्बरको गाडी सडकबाट खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको थियो । मृत्यु हुनेमा २ जना पुरुष र १ महिला रहेका छन्, जसको पहिचान अहिलेसम्म खुलेको छैन ।
दुर्घटनामा थप २ जना गम्भीर घाइते भएका छन् । घाइतेहरू रूकुम पश्चिम, बाफिकोट गाउँपालिका निवासी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया डिना केसी हुन् । उनीहरूलाई उपचारका लागि तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पताल पठाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया