काठमाडौं । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जेनजी विद्रोहको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।
ओलीले जेनजी विद्रोहका मुख्य पात्रलाई ‘हा हुँ’ भन्ने अभिव्यक्ति ७५ सहीदको बलिदान, कैयन् घाइतेको रगत र सडकमा उत्रिएका लाखौँ नागरिकको अपमान हो ।
उनले भनेका छन्, ‘जेनजी विद्रोहको जगमा बनेको सरकारका विभिन्न पाटोमा छलफल गर्न सकिन्छ तर कुशासनको जगमा निर्लज्जतापूर्वक विद्रोहको आधार तयार पार्ने र नरसंहार मच्चाउने मूल पात्रले आन्दोलनलाई ‘हा हुँ’ भन्नु शहीदहरूको बलिदान र नागरिकको संघर्षको अपमान हो ।’
साथै, उनले जेनजी विद्रोह र भदौ २३ को नरसंहारका दोषीहरूलाई कानुनी दायरामा ल्याउन ढिला गर्नुले दोषीहरूको मनोबल बढ्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया