काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी भएको काठमाडौंको नक्सालस्थित हिल्टन होटलको शनिबार निरीक्षण गरेका छन् । मन्त्री खनालले स्थलमै पुगेर होटलमा भएको क्षतिको अवस्थाबारे जानकारी लिएका हुन् ।
शंकर ग्रुपले लगानी गरेको हिल्टन होटल ८ अर्बभन्दा बढी लागतमा २०८१ साल साउन १८ गतेदेखि औपचारिक सञ्चालनमा आएको थियो । तर सञ्चालनको एक वर्षमै होटलले ठूलो क्षति व्यहोर्नुपरेको छ ।
आगो लागेपछि धुँवाले होटलको माथिल्लो तलासम्म कालो देखिएको छ भने झ्यालका सिसा फुटेका छन् । फर्निचर र सजावटका सामग्री जलेर नष्ट भएका छन् । केही जलेका सामग्री अहिले पनि सडकमा थुप्रिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया