मेरो प्रतिस्पर्धा कसैसँग छैन : निधि

धनुषा, २१ कात्तिक- नेपाली काँग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो प्रतिस्पर्धा कसैसँग नरहेको दाबी गरेका छन् पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका नेता निधिले भने , “धनुषावासीका लागि गरेको योगदानको कदर गर्दै पुनः धनुषा क्षेत्र नं ३ का जनताले मलाई भारी मतले विजयी बनाउने छन् ।’’आज आफ्नो गृह गाउँ नगराइनमा स्थानीय नेता कार्यकता तथा पत्रकारसँगको भेटघाटका क्रममा उनले स्थानीय तहको निर्वाचनमा केही रुष्ट रहेका कार्यकर्तासमेत अहिले पुनः पार्टी कै भोट मागिरहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?