विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था मिलाउन गृहमन्त्रीलाई ज्ञापनपत्र

लोकपथ
238
Shares

काठमाडौं । प्रवासी नेपाली अभियन्ताले विदेशमा रहेका नेपालीहरूलाई सजिलै मतदाता दर्ता र मतदान गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

शुक्रबार अमेरिका निवासी अभियन्ता रमेश भट्टले गृह मन्त्रालयमा पुगेर गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा हाल नेपालकै नम्बरमार्फत मात्र एक पटक प्रयोग हुने पासवर्ड ९ओटीपी० प्राप्त गरेर मतदाता नामावली दर्ता गर्नुपर्ने प्रणालीले लाखौँ प्रवासी नेपालीलाई निर्वाचनमा सहभागिता हुन हतोत्साहित गर्ने भन्दै विदेशी नम्बर वा इमेलमार्फत पनि ओटीपी उपलब्ध गराउने व्यवस्था मिलाउन माग गरिएको छ ।

भेटका क्रममा भट्टले अमेरिकामा रहेका नेपालीहरूलाई तीन वटा कन्सुलेट कार्यालय र एक दूतावासमार्फत मतदान गर्न सक्ने व्यवस्था मिलाउन सकिने सुझाव पनि प्रस्तुत गरेका थिए ।

साथै, यस अभियानलाई सफल बनाउन गैरआवासीय नेपाली संघ ९एनआरएनए० र विभिन्न नेपाली सामुदायिक संस्थाहरूले सचेतना फैलाउने, दूतावास तथा कन्सुलेटसँग सहकार्य गर्ने र मतदाता नामावली दर्ता अभियानमा सहयोग गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?