काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक बोलाएका छन् ।
बैठक भोलि दिउँसो १ बजे अध्यक्ष ओलीको निवास, गुण्डुमा बस्ने गरी तय भएको हो ।
बैठकमा हालसालै भएको जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे गहिरो छलफल हुने बताइएको छ ।
विशेषज्ञ तथा नेताहरुको अनुमान अनुसार भोलिको बैठकले पार्टीको आगामी रणनीति र आगामी कदम निर्धारण गर्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया