तुइनखोलामा फेरि पहिरो खस्यो, पन्छाउन एक घण्टा लाग्ने

लोकपथ
1.9k
Shares

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलामा पहिरो खस्दा सडक केही समयका लागि अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार, डिभिजन सडक कार्यालय भरतपुरको मेसिनले पहिरो पन्छाउने काम सुरु गरेको छ । पहिरो पन्छाउन करिब एक घण्टा लाग्ने अनुमान गरिएको छ ।

सडकमा यात्रा गर्ने सवारी साधनका चालकहरूले वैकल्पिक मार्ग वा सुरक्षा उपाय अपनाउन प्रहरीले सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?