शिक्षामन्त्रीसँग जेनजी आन्दोलनका घाइतेले भने : ‘हामीले देशका लागि रगत बगाएका हौँ, माग पूरा हुनुपर्छ’

लोकपथ
448
Shares

काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शनिबार जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुको अवस्था बुझ्न ट्रमा सेन्टर पुगेर उनीहरुलाई भेटेका छन् ।

मन्त्री पुनले घाइतेहरुको स्वास्थ्य उपचार राम्रो भइरहेको र कसैले पनि उपचारबारे गुनासो नगरेको जानकारी दिएका छन् ।

उनले भने, ‘बिरामीहरुले आफ्ना माग पूरा हुनुपर्छ भन्ने चिन्ता व्यक्त गरेका छन् । उनीहरुको शरीरको चिन्ता भन्दा पनि भविष्यमा के हुन्छ, माग पूरा हुन्छ कि हुँदैन भन्ने कुरामा बढी ध्यान छ । हामीले देशका लागि लडेका हौँ, रगत बगाएका हौँ, त्यसैले हाम्रो माग पूरा हुनुपर्छ भन्ने भावना छ ।’

उनले थपे, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी अहिलेको स्थितिमा के हुन्छ भन्न सकिँदैन । यो राजनीति हो, अवस्था कहिले कसरी बदलिन्छ भन्ने स्पष्ट छैन। तर घाइतेहरुको स्वास्थ्य उपचार राम्रो भइरहेको छ र कुनै बिरामीले उपचार नपाएको गुनासो गरेका छैनन् ।’

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए । ट्रमा सेन्टरमा उपचाररत घाइतेमध्ये १ जनामात्रै आइसियुमा रहेको छ, बाँकी सबै खतरामुक्त रहेको मन्त्री पुनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?