काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले फैलाइरहेको विभिन्न हल्लाबारे तीव्र आलोचना गरेका छन् ।
शनिबार भक्तपुरस्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले हल्लाबाजहरुले ‘पासपोर्ट रोक्ने’ र ‘हामी विदेश भाग्ने’ जस्ता भ्रम फैलाइरहेको आरोप लगाए ।
अध्यक्ष ओलीले भने, ‘यो हाहाहुहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ भन्ने भ्रम फैलाइरहेका छन् । तर हामीले यो देश बनाउनुपर्छ। देशलाई फेरि संवैधानिक र लोकतान्त्रिक मूलधारमा ल्याउनेछौँ र सुशासन, शान्ति तथा सुव्यवस्था कायम गर्नेछौँ ।’
उनले सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ घरको लोकेसन सार्वजनिक गरेर हमला गर्ने प्रयास भइरहेको भन्दै सरकारको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाए । उनले भने, ‘सरकार यहाँ के हेरिरहेको छ रु के तपाईँहरूले सुरक्षा दिनुपर्ने होइन र ? पासपोर्ट रोक्ने, मुद्दा चलाउने लगायतका धम्कीहरु गरेर धाक दिन खोजिएको छ। सरकारका कर्तव्यहरु के छन् ?’
ओलीले मुलुक निर्माणको काम सबै नेपाली मिलेर गर्नुपर्ने जोड दिँदै देशलाई पुनः सुशासन र शान्तिको मार्गमा ल्याउने प्रतिबद्धता जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया