युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणाले दिइन् राजीनामा

लोकपथ
1.1k
Shares
फाइल तस्बिर

काठमाडौं । निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् ।

जेनजी आन्दोलनका क्रममा उक्त स्कुलमा भएको तोडफोड र आगजनीले व्यापक क्षति पुर्‍याएपछि राणाले राजीनामा दिएकी हुन् ।

राणा उक्त स्कुलको लगानीकर्ता नभई व्यवस्थापन समितिको अध्यक्ष मात्रै हुन् । तर, पनि अराजक भीडले आरजुको स्कुल’ भन्दै युलेन्सलाई निशाना बनाएको थियो ।

अभिभावकका अनुसार राणाले राजीनामा दिएको जानकारी अभिभावक बैठकमा गराएकी हुन् । अब छिट्टै नयाँ अध्यक्ष चयन गर्ने तयारीमा युलेन्स स्कुल रहेको छ । साथै, खरानीबाट उठेर नयाँ ढंगले स्कुल सञ्चालन गर्ने योजना समेत अघि बढाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?