काठमाडौं । नेपालीहरूको महान् पर्व विजया दशमी सुरु भएसँगै गाउँ फर्किनेहरूको लर्को काठमाडौं उपत्यकामा देखिन थालेको छ । कलंकी, कोटेश्वर, गौशाला, जडीबुटी लगायतका क्षेत्रमा मानिसहरू गाडीको पर्खाइमा बसिरहेका छन् ।
दसैँ नेपालीहरूको प्रमुख चाड भएकाले उपत्यकामा कर्मथलो वा अध्ययन स्थल बनाएका धेरैले आफ्नो गाउँ फर्कन थालिसकेका छन् । तर केही सडकखण्डमा वर्षापछि आएको पहिरोले यात्रा अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् ।
विपी राजमार्ग हुँदै पूर्वतर्फ जाने यात्रुहरू विशेष गरी गौशाला र कोटेश्वरमा भिडभाड भएको देखिन्छ । यस वर्ष अग्रिम टिकटको व्यवस्था नहुँदा गाउँ फर्किन सवारी व्यवस्थापनमा समस्या भएको यात्रुहरूको गुनासो छ । विगतमा अग्रिम टिकट काटेर सजिलै यात्रा गर्न सकिने व्यवस्था हुँदा यात्रुहरू सहजै घर जान सक्थे, तर यस वर्ष तत्काल गाडीको व्यवस्थापन गर्नु पर्ने भएको छ ।
केही यात्रुहरूले रिजर्भमा बसे पनि बस नपाएको, केही पहिरोले रोकिँदा यात्रा प्रभावित भएको गुनासो गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया