काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दसैँ तिहार नजिकिँदै गर्दा शिक्षकहरूको तलब निकासा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
दसैँ तिहारमा पनि तलब नपाएको गुनासो शिक्षकहरूले गरेपछि मन्त्री पुनले मन्त्रालयबाट रकम पठाइसकिएको भन्दै पालिका र विद्यालय व्यवस्थापन समितिलाई चेतावनी दिएका हुन् ।
उनले भने, ‘शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकिएको छ । तर दसैँ तिहारको अवसरमा पालिकाले तलब निकासा नगरेको भनेर केही प्रधानाध्यापक र शिक्षकले गुनासो गरेका छन् । भोलिसम्ममा कुनै नाजायज तरिकाले तलब नपाउने अवस्था रह्यो भने सम्बन्धित पालिकालाई नियमानुसार कारबाही गरिनेछ ।’
त्यसैगरी विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले समेत तलब रोकिएको गुनासो आएको भन्दै मन्त्री पुनले स्पष्ट चेतावनी दिए । ‘भोलिसम्ममा कुनै शिक्षकलाई तलब निकासा नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई समेत कानुनी कारबाही गरिनेछ, ‘उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया