काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न राजनीतिक र सामाजिक संकट समाधानका लागि राजनीतिक दलहरुले प्रमुख भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।
शुक्रबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भनिन्, ‘सधैँ यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन । यसको समाधान निकाल्न हामीले राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्तासँग मिलेर काम गर्नुपर्छ ।’
पूर्व राष्ट्रपतिले सबै तहका नागरिकलाई राजनीतिक दलहरूलाई सुझाव दिन आग्रह गर्दै दलहरुले जनताको बिचमा गएर सल्लाह लिन ढिलाइ नगर्नुपर्ने बताइन् । उनले जोड दिइन् कि दलहरुले आफ्नो दर्शन, नीति र कार्यक्रम जनताको मागअनुसार भए कि नभएको मूल्याङ्कन गर्नु आवश्यक छ ।
उनले भनिन्, ‘पार्टीहरूबिच समन्वय र सहकार्य हुनुपर्छ। विभिन्न आस्थाका धरोहर बिच छलफल र समन्वय गरेर मात्र समस्याको समाधान निकाल्न सकिन्छ। हाम्रो अस्थिरताले मित्र राष्ट्रहरूलाई पनि प्रभाव पार्छ, त्यसैले शान्ति र स्थायित्व कायम गर्न ध्यान दिनुपर्छ ।’
उनले नयाँ पुस्ताको मनोभावना र मागलाई सम्बोधन गर्दै दलहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिइन्। साथै उनले दलभित्र मात्र नभई बाहिरी आलोचना सुन्न र त्यसको आधारमा काम गर्न पनि जरुरी भएको स्पष्ट पारिन् ।
पूर्वराष्ट्रपतिले भनिन्, ‘हामी सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ। मैले पनि वरिष्ठ नागरिकको हैसियतले मेरो योगदान गर्नेछु। तर दलहरुले नयाँ पुस्ताको माग र जनताको भावना बुझेर काम गर्नु अति आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया