काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी भंग भएको छ ।
बिहीबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकले आगामी मंसिरमा विशेष महाधिवेशन गर्नेगरी अहिलेको केन्द्रीय कमिटी भंग गर्ने निर्णय भएको हो ।
बैठकपछि बोल्दै माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकको निर्णय सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।
उनका अनुसार जेनजी आन्दोलपछि विकसित राजनीतिक घटनाक्रमपछि पार्टीले सो निर्णय लिएको हो ।
‘जेनजी आन्दोलनलाई विकसित पारी पार्टीको विशेष महाधिवेशनको आयोजना गरिनेछ । केन्द्रीय समिति विघटन गरी आयोजक समिति गठन बनाउने । अध्यक्ष लगायत सबै पदाधिकारीहरुको व्यवस्था स्थगित गर्ने,’ उनले भने ।
त्यस्तै महाधिवेशनमा जेनजी लगायत सबै उमेर समूहका नेताहरुको प्रतिनिधित्व हुने गरी अघि बढ्ने निर्णय समेत भएको छ ।
त्यस्तै माओवादी केन्द्रले नेताहरुको सम्पत्ति समेत छानबिन गर्ने निर्णय गरेको छ । छानबिन समिति गठन गरेर नेताहरुको सम्पत्ति छानबिन सुरु हुने समेत उनले बताए । साथै त्यसका लागि सबैभन्दा पहिला पदाधिकारीको सम्पतिबाट छानबिन सुरु गरेर सबै जिम्मेवारीमा रहेका नेताहरुको सम्पत्ति छानबिन हुनेछ ।
त्यस्तै पार्टीको विशेष महाधिवेशन आगामी मंसिरको अन्तिमसम्म गर्ने निर्णय भएको समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया