काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेरको हो ।
बिहीबार तोलामा २ लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार तोलामा २ लाख २२ हजार ५०० रुपैयाँ पुगेको छ ।
यसैगरी, चाँदीको मूल्य पनि निरन्तर उकालो लाग्दै शुक्रबार तोलामा २ हजार ७४० रुपैयाँ पुगेको छ । बिहीबार तोलामा २ हजार ६८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार हालसम्मकै उच्च मूल्यमा पुगेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया