रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, वृद्धा पनि घाइते

लोकपथ
1.1k
Shares

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित जेपी चोकमा बिहीबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।

सडक किनारमा पार्किङ गरी राखेको सुदूरपश्चिम प्रदेश ०१–००१ क १६९० नम्बरको ट्रकमा से ५ प ३४१४ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक धनगढी–१२ का १८ वर्षीय अनिससिंह र सोही मोटरसाइकलमा सवार १९ वर्षीय गणेश कुँवरको मृत्यु भएको हो । दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रक चालक चुरे गाउँपालिका–३ का २९ वर्षीय प्रकाश सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

यसैगरी दुर्घटनामा परेको मोटरसाइकलले ठक्कर दिँदा धनगढी–१२ सी गाउँकी ७० वर्षीया मना पार्की घाइते भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?